भायनेटले ल्यायो ५० हजार पुरस्कार राशिसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज


काठमाण्डु – हामी सबैलाई थाहा छ, भायानेटले केहि समय अघीकाम गर्ने, खेल्ने र पढ्ने बढ्दो आवश्यकताहरू पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च-गति, उच्च-गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले आकर्षका अफर सहित,”अल्ट्रा-फाई प्याक” लन्च गरेको थियो।

यसै अफरमा ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भायनेटले अब “भायानेटअल्ट्रा-फाई टिकटक च्यालेन्ज” नामक टिकटक प्रतियोगिता ल्याएको छ। यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागी खुल्ला छ ।

प्रतियोगितामा भागलिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने छ। “भायानेटअल्ट्रा-फाई टिकटक च्यालेन्ज “मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेटअल्ट्रा-फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्छ  ।

भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्जका नियम र सर्तहरू

– यो प्रतियोगिता जनवरी ०१, २०२२ देखि फेब्रुअरी २८ सम्म खुला रहनेछ ।

– सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार जित्नेछ (सबै पुरस्कारमा नेपाल सरकारद्वारा निर्देशित कर लागुहुनेछ)

– सहभागीहरूले आफ्नो क्याप्शनमा #ULTRAFI_Vianetह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडियो पोस्ट गर्दा @vianetcommunicationट्याग गरेको हुनुपर्छ।

– सहभागीहरूले आफ्नो भिडियो २७ फेब्रुअरी भित्र अपलोड गर्नुपर्छ ।

– भायनेटसँग प्रिन्ट विज्ञापन/बाहिर र डिजिटल मिडियामा कुनै पनि प्रचारात्मक प्रयोगको उद्देश्यका लागि सहभागी/विजेताहरूको प्रोफाइल तस्वीर/जानकारी प्रयोग गर्ने अधिकाररहने छ ।

– भायनेटका कर्मचारी र परिवारका सदस्यहरू प्रतियोगितामा जित्नका लागि योग्य हुने छैनन्। यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ।

– पुरस्कारहरू हस्तान्तरणगर्न मिल्ने छैन ।

– सहभागीलाई आफ्नो रुचि अनुसार पुरस्कार माग्ने अधिकार हुने छैन । पूर्ण वा आंशिक रूपमा पुरस्कारको लागि कुनै विकल्प प्रस्ताव गरिने छैन।

– प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।

– यो प्रतियोगिता सञ्चालन गर्ने सम्पूर्ण अधिकार भायनेट कम्युनिकेसन्समा सुरक्षित छ र कम्पनिकोनिर्णय अन्तिम र अपरिवर्तनीय रहनेछ।

– कुनै विवाद भएमा, भायनेटले प्रतियोगिताको सम्पुर्ण निर्णयको अधिकारहरू राख्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement