उपराष्ट्रपति पुनलाई चिनियाँ उपराष्ट्रपतिकोे बधाइ


काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताए । चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको बताए ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटवार्ता गर्न नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेकि थिईन् ।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नातर्फबाट उपराष्ट्रपति पुनलाई बधाई तथा शुभकामना दिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेकामा चीन अत्यन्त खुशी रहेको उल्लेख गदै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement