नवलपरासी – उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार नवलपरासीमा रहेका विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमण गरेका छन् । उनले पूर्वी नवलपरासी गजेन्द्रमोक्ष धाम र त्रिवेणी धाम तथा पश्चिम नवलपरासी गौतमबुद्धको मावलीस्थल पण्डितपुर र देवदह ताललगायत भ्रमण गरेका हुन् ।
उनले विभिन्न ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको भ्रमणका साथै सो क्षेत्रबारेमा जानकारीसमेत प्राप्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
पश्चिम नवलपरासीको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवं लोक सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटनको क्रममा बिहीबार नवलपरासी आउनुभएका उपराष्ट्रपति पुनले शुक्रबार विभिन्न क्षेत्र धार्मिक ऐतिहासिक र पर्यटकीय स्थलको भ्रमण गरेका हुन् ।
प्रतिक्रिया