राष्ट्रपतिमा भण्डारी र राईकाे उम्मेदवारी दर्ता


काठमाडौँ – राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् । भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

कांग्रेसबाट लक्ष्मी राईले गरीन्  उम्मेदवारी दर्ता

त्यस्तै, नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । संंसद भवनस्थित निर्वाचन कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राईले पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको भन्दै उनले वर्तमान राष्ट्रपति भण्डारीसँग प्रतिस्पर्धा गर्न पाउँदा खुसी नै लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement