विजेपीका विदेश प्रमुख र नेपाली राजदूतबीच दिल्लीमा भेटवार्ता


काठमाण्डु– सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाला र भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्यबीच भेटवार्ता भएको छ ।

चौथाइवालासंग भएको भेटमा नेपाल भारत सम्बन्ध र कोरोना भाइरसको संक्रमणबाट दुवै मुलुक आक्रान्त भइरहेको बेला गर्न सकिने सहकार्यका वारेमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियां राष्ट्रपति सी जिनफिङसंग ४५ मिनेट टेलिफोन वार्ता गरेकै दिन चीनले १० लाख खोप उपलब्ध गराउने घोषणा गरेकै भोलीपल्ट चौथाईवाला नेपाली दूतावास पुगेका हुन । राष्ट्रपति भण्डारीले हिजै भारतीय राष्ट्रपतिलाई समेत खोप उपलव्ध गराइदिन पत्र लेखेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement