भिजिट भिसामा जानेलाई रोक्ने गृहको निर्णयमा संशोधन, के छ नयां नियममा ?


काठमाण्डु-  गृहमन्त्रालयले खाडी मुलुकमा भिजिट भिसामा जानेहरुलाई रोक लगाउने निर्णयमा संशोधन गरेको छ ।

मन्त्रालयले कोभिड महामारीको कारण देखाउंदै मलेशिया र दुवईलगायत खाडी मुलुकमा भिजिट भिसामा जान सबैलाई रोक लगाएको थियो । गृहको उक्त निर्णयको चर्को विरोध भएपछि मन्त्रालयले आइर्तबार विज्ञप्ति जारी गर्दै नियम खुकुलो बनाएको हो ।

मन्त्रालयले खाडी मुलुक जानको लागी खाडी मुलुक बाहेक कम्तिमा २ वटा मुलूकमा पर्यटकको रुपमा भ्रमण गरिसकेको हुनुपर्ने, बार्षिक न्युनतम ६ लाख रुपैयां कर योग्य आय भै सो को आधा रकम बैंक खातामा बचत भएको हुनुपर्ने र सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरुको हकमा प्रस्थान अनुमति दिने व्यवस्था गरेको हो ।

त्रिभुवन विमानस्थल हुंदै खाडी मुलुकमा पछिल्लो समय मेनपावर व्ययवसायीहरुको मिलेमतोमा धेरै नेपालीहरु विदेश जाने क्रम सुरु भएपछि मन्त्रालयले रोक लगाएको स्रोतको दावी छ । त्यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन सुरु गरेको थियो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही र अन्य कर्मचारीमाथी अख्तियारले सोधपुछ समेत गरेको स्रोतको दावी छ ।

खाडी मुलुकमा भिजिट भिसाको नाम सेटिङ गरेर धेरै नेपालीहरुलाई पठाउन लाइन नै खोलेको गुनासो थियो । त्यसमा मन्त्रालयको नेतृत्वदेखी अध्यागमन कार्यालयका अधिकारीहरुको समेत मिलेमतो रहेको स्रोतको दावी छ । भिजिट भिसामा जानेहरुसंग आवश्यक सम्पुर्ण डकुमेण्ट हुने गरेकाले त्यसलाई रोक्न नमिल्ने तर्क अध्यागमन कार्यालयका अधिकारीहरुको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement