भ्रमण वर्षमा नेपाली सेनाको भिक्टाेरी म्याराथन


काठमाडाैं –  नेपाली सेनाको मध्य पश्‍चिम पृतना हेडक्वार्टर बुटवलले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि  भिक्टाेरी म्याराथन र युनिटी रन कार्यक्रम गरेकाे छ ।

नेपाली सेनाको ईतिहाससँग जोडिएको बुटवलस्थित जीतगढी किल्लाको प्रवर्द्धन गर्न एवं “नेपाल भ्रमण वर्ष २०२०” लाई लक्षित गरि नेपाली सेनाको मध्य पश्‍चिम पृतना हेडक्वाटर बुटवलले भिक्टाेरी म्याराथन र युनिटी रन कार्यक्रम गरेकाे हाे । राष्ट्रिय एकताको भावना जगाउने उद्देश्यले शनिबार आयोजना गरिएको नेपाली सेनाको मध्य पश्‍चिम पृतना हेडक्वाटर बुटवलले भिक्टारी म्याराथन र युनिटी रन कार्यक्रम गरेको छ ।

 “प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन २०७५” को लक्ष्य नं.६.६.२.१ मा उल्लेख भए अनुरुप नेपाल र नेपाली सेनाको ईतिहाससँग जोडिएको बुटवल स्थित जीतगढी किल्लाको प्रवर्द्धन गर्न एवं “नेपाल भ्रमण वर्ष २०२०” लाई समेत लक्षित गरि शनिबार  जीतगढी भिक्टाेरी म्याराथन र युनिटी सम्पन्न भएको छ ।

 उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा ४२ कि.मि. फूल म्याराथन २१ कि.मि. हाफ म्याराथन १० कि.मि. दौड र ५ कि.मि. Walkathon गरि जम्मा ४ विधाहरुमा दौड सम्पन्न भएको थियो । ५ नं. प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरु, बुटवल उप-महानगरपालिकाका मेयर, मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति, प्रदेश सरकारका सचिवहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, विद्यार्थीहरु, पत्रकारहरु लगायत खेलप्रेमीहरु सहित करिब ३५०० जनाको सहभागीता रहेको उक्त कार्यक्रमको अन्त्यमा नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहकार्यमा सांस्कृतिक कार्यक्रम समेत संचालन भएको थियो ।

उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले विभिन्न विधाका दौडहरुमा विजयी खेलाडीहरुलाई पदक तथा पुरस्कार वितरण गरेका थिए ।उनले यस्ता कार्यक्रमहरुबाट ऐतिहासिक सम्पदाको रुपमा रहेका स्थानहरुको संरक्षण एवं सम्वर्द्धन गर्ने कार्यमा स्थानीय जनसमुदायहरुलाई प्रोत्साहान गर्न, राष्ट्रिय एकताको भावना जगाउन तथा आन्तरिक पर्यटनको विकासमा सहयोग गर्न अति महत्वपूर्ण भुमिका रहने बताउंदै कार्यक्रम सफलतापूर्वक संचालन गरेकोमा नेपाली सेना तथा मध्य पश्चिम पृतना हेडक्वाटरलाई धन्यबाद ज्ञापन समेत गरेका थिए ।

साथै, कार्यक्रमको अन्त्यमा मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी सिताराम खड्काले नेपाली सेनाको गौरवशाली ईतिहाससँग जोडिएको जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्न, नागरिक-सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन एवं राष्ट्रिय एकताको भावना जगाउने उद्देश्यले आयोजना गरिएको भिक्टोरी म्याराथन र युनिटी रनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न क्षेत्रबाट भएको सहयोगको लागि हार्दिक आभार प्रकट गरेका थिए ।

नेपाली सेनाले आयोजना गर्ने यस प्रकारको राष्ट्रिय स्तरको प्रतियोगिताबाट आम जनमानसमा देशभक्तिको भावनामा वृद्धि भई नेपाल एकिकरणको दौरान वीर पुर्खाहरुले पुर्‍याएको अतुलनीय योगदानको उजागर हुन जाने देखिनुका साथै ऐतिहासिक सम्पदाको रुपमा रहेको गढीहरुको संरक्षण एवं सम्वर्धन तथा ‘नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रममा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement