समाचार

विवेकले ट्वीटरमा सेयर गरे अर्को मिमः कस्को उडाए मजाक ?

एजेन्सी – बलिउड अभिनेता विवेक ओबरोयले ट्वीटरमार्फत एक मिम सेयर गरेका छन् । उनको यो मिम निकै चर्चित भएको छ । विवेकले जुन तस्बिर सेयर गरेका छन्, त्यसमा मायावती, सोनिया गान्धी, राहुल गान्धी, शरद पवार, अजित सिंह, सिताराम येचुरीसहित विभिन्न राजनीतिज्ञ देखिएका छन् । उनीहरुले महागठबन्धका लागि हात मिलाइरहेको देख्न सकिन्छ ।

dish home

यो फोटोमा मोदी नामको डिटरजेन्ट पाउडर प्रयोग गरेर प्रश्न सोधिन्छ ‘अचम्म लाग्यो ?’ विवेक ओबरोयले आफ्नो मिम पोष्टमा लेखे, ‘सबै राजनीतिज्ञ जो नरेन्द्र मोदीलाई घृणा गर्न एकजुट भए ।

आफ्नो धेरै समय भारतलाई प्रेम गर्न खर्च गर्नुहोस्, मोदीलाई घृणा गर्न होइन । भारतलाई स्वस्थ प्रजातन्त्रका लागि समझदार विपक्षको आवश्यकता छ ।’

भारतीय लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी ९भाजपा० ले भारी बहुमतका साथ जीत हासिल गरिसकेको छ । एकातर्फ नतिजा अनुसार बिजेपी देशमा अत्यधिक बहुमतसहित सरकार बनाउने तयारीमा छ भने २४ मे अर्थात् आज लामो समयदेखि रिलिजको प्रतिक्षा गरिरहेको नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ पनि रिलिजको तयारीमा छ ।

फिल्ममा अभिनेता विवेक ओबरोय मोदीको भूमिका निभाइरहेका छन् । हालै विवेक एग्जिट पोलसँग जोडिएका एक ट्वीट गरेर मुश्किलमा फसेका थिए ।

जसमा उनले चौतर्फी आलोचनाका साथै महिला आयोगबाट नोटिस पनि पाएका थिए । यद्यपी, पछि उनले आफ्नो ट्वीट डिलिट गर्दै माफी पनि मागेका थिए ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top