‘भ्वाइस अफ नेपाल सिजन २’ को विजेता बने राम लिम्बू


काठमाडौं – रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित कार्यक्रममा ३ प्रतिस्पर्धीलाई पछि पार्दै झापाका लिम्बू विजेता बनेका हुन् ।

‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए । अन्तिम स्पर्धाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् ।

कोच प्रमोद खरेललको टिममा रहेका लिम्बूले विजेता लिम्बुले कार, म्यूजिक नेपालबाट एल्बम् निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार हात पारेका छन् ।  दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको प्रतियोगिताको फाइल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुँदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement