भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हट्यो


काठमाडौं – प्रहरीले ‘भिटेन’ भनिने र्‍यापर तथा गायक समीर घिसिङको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत युट्युबबाट हटाएको छ ।

उक्त गीतमा अश्लील शब्द भएको भन्दै अदालतबाट अनुमतिसमेत नलिई बिहीबार भिटेनलाई जावलाखेलबाट समातेको थियो । यसको केही घन्टापछि युट्युबबाट उक्त गीत हटाइएको हो ।

पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement