तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित २ पदक

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित २ पदक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित २ पदक दिलाएकी छन् ।

चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन् ।

प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो ।

अन्तिम चरणमा थाइल्यान्ड र चीनलाई पराजित गर्दै वैभवीले पुम्से विधामा स्वर्ण जितेकी हुन् । उता क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक खेलमा थाइल्यान्डसँग अन्तिम चरणमा पराजित हुँदै वैभवी दोस्रो भइन् ।