चिनियां विदेशमन्त्री वाङ्गले अमेरिकामा राजनीतिको भाइरस फैलिरहेको भन्दै दिए यस्तो चेतावनी


एजेन्सी–चिनियां विदेशमन्त्री वाङ्ग यीले अमेरिकाका केही राजनीतिक शक्ति आफ्नो फाईदाका लागी चीन र अमेरिकाको सम्बन्धलाई गलत दिशामा लिने कोशिसमा रहेको आरोप लगाएका छन् । उनले उनिहरुले दुवै देशलाई नयां शीत युद्धमा धकेल्न खोजेको आरोप लगाए ।

आइतवार बेइजिङमा पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री वाङ्गले यो खतरनाक कोशिस भएको र त्यसले दुवै देशलाई पछाडी धकेल्ने बताएका छन् । वाङ्गले चीनलाई आफ्नो संप्रभुता रक्षा गर्ने र प्रगतीको वाटोमा अघि बढ्ने अधिकार भएको र अमेरिकामा हुने वदलावमा कुनै चांसो नभएको स्पष्ट पारे । उनले चीनको प्रगतीको बाटोलाई अमेरिकाले रोक्न नसक्ने दावी गरे ।

वाङ्गले भने ‘अमेरिकाका केही राजनीतिक शक्ति अमेरिका चीन सम्वन्धलाई आफ्नो हातमा लिएका छन् । उनिहरुले दुवै देशलाई नयां शीत युद्दतर्फ लिने कोशिसमा छन् । यस्तो भयो भने इतिहासको पैंया घुमाउने खतरनाक कोशिस हुनेछ ।’

उनले चीन र अमेरिकाको राजनीतिक व्यवस्था अलग अलग रहेको यो दुवै देशका जनताले आफैले तय गरेको धारणा राखे । चिनियां विदेशमन्त्रीले दुवै देशबीच ठुला मुद्दाहरुमा सल्लाह र छलफलको जरुरत रहेको समेत बताए । कोरोना संकटको बेला पनि दुवै देशबीच सहयोग आदान प्रदान भएको उनको भनाई थियो ।

‘कोभिड १९ सुरु हुने समयमा मेडिकल उपकरण एक अर्कालाई सहयोग गरेको हो । १२ अर्वभन्दा बढी मास्क समेत हामीले अमेरिका पठाएको हो । तर, अमेरिकामा राजनीतिको भाइरस फैलिरहेको छ । ’ उनले भने ।

साथै उनले चीन र रुस मिलेर राजनीतिक भाइरसको विरुद्ध अभेद्य किल्ला बनाएको र रणनीतिक तालमेलको तागत प्रदर्शन गर्ने चेतावनी दिए । चिनियां विदेशमन्त्री वाङ्गले दुवै देशले एक अर्कालाई कोभिड १९ मा सहयोग गरेको बताए । उनले चीन र रुस मिलेर दुनियामा विविधता, शान्ति तथा न्यायको रक्षा गर्ने दावी गरे ।

ताइवानको मामलामा चीनियां विदेशमन्त्रीले यो आंन्तरीक मुद्दा भएको भन्दै यसमा कसैले दख्खल दिए चीन चुप लागेर नवस्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement