राष्ट्रपति र प्रधानमन्त्रीले एकैस्वरमा भने –नेपाल सी जिनफिङको स्वागत गर्न सबै हिसाबले तयार छ 


काठमाडौं– नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले चिनियां राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटमा   विदेशमन्त्री वाङले उच्च चिनियां नेतालाई स्वागत गर्ने नेपालको चाहना चांडै पूरा हुने बताएका हुन् । प्रधानमन्त्री ओली र मन्त्री वाङबीच करिब डेढ घण्टा भएको छलफलमा उनले नेपालको तयारीको विषयमा समेत छलफल गरेका थिए । 

भेटमा उनले बेइजिङले पनि नेपालमा उच्च स्तरीय भ्रमणको तयारी गरिहेको जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले चिनबाट उच्चस्तरको भ्रमण उपयुक्त समयमा हुने बताए । 

राष्ट्रपति भण्डारीसंगको भेटमा पनि वाङले उच्च भ्रमणबारे छलफल गरेका थिए। राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शीर्ष चिनियां नेतृत्वको चांडै नेपाल हुने संकेत मिलेको बताए । 

वाङको भ्रमणलाई धेरैले चिनियां राष्ट्रपति अर्को महिना हुने संभावित भ्रमणको तयारीको रुपमा हेरेका छन्। राष्ट्रपति सी भारत हुंदै अक्टोम्बर १५ मा नेपाल आउने तयारी रहेको स्रोतको दाबी छ ।  

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवैले सीको भ्रमणको तयारीमा नेपाल जुटेको र सुरक्षा अवस्थाको बारेमा समेत कुनै पनि चिन्ता नगर्न वाङलाई आग्रह गरेका थिए । दुवै नेताले विदेशमन्त्री वाङलाई सवै हिसाबले नेपाल स्वागत गर्न तयार रहेको सन्देश प्रष्ट रुपमा दिएको निकट स्रोतको दाबी छ । 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement