चिनियां विदेशमन्त्रीले नेपालसहित दक्षिण एसियाका चार मुलुकका विदेशमन्त्रीसंग छलफल गर्दै


काठमाण्डु – चिनियां विदेशमन्त्री वाङ यीले नेपाल सहित अफगानिस्तान,पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसंग सामूहिक छलफल गर्ने भएका छन् । खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल सहित दक्षिण एसियाका अन्य मुलुकहरुसंग चिनिया विदेशमन्त्री यीले छलफल गर्ने भएका हुन । छलफल भर्चुअल हुनेछ । नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उक्त छलफलमा भाग लिनेछन् ।

भारतलगायत दक्षिण एसियाली देशमा कोरोना भाइरसको संक्रमण बढेसंगै चीनले कोरोना नियन्त्रणबारे छलफल गर्न लागेको हो । भारतमा कोरोनाको संक्रमण बढेपछि चीनले पनि सहयोगको हात अघि बढाएको थियो । चीनले भारतलाई खोप र अन्य सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

आजको छलफलमा खोप र कोरोना भाइरस नियन्त्रणको विषयले प्राथमिकता पाउने बताइएको छ ।चीनले यसअघि नै महामारी नियन्त्रणका लागी क्षेत्रिय सहकार्य आवश्यक रहेको बताउंदै आएको छ । चीनले नेपाललाई पनि कोरोना भाइरसको ८ लाख खोप सहयोगस्वरुप हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement