चिनियां विदेशमन्त्री वाङ शुक्रबार ५ बजे काठमाण्डु अवतरण गर्ने, प्रधानमन्त्रीसहित ओली र दाहालसंग भेट्दै


काठमाण्डु – चिनियां विदेशमन्त्री वाङ यी भारतको राजधानी नयां दिल्ली अवतरण गरेका छन् । वाङको भारत भ्रमणलाई लिएर विभिन्न अड्कलवाजी भइरहेको बेला उनि बिहीबार सांझ नयां दिल्ली अवतरण गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

चिनियां विदेशमन्त्री वाङले कस्मीरको विषयलाई लिएर पाकिस्तानमा दिएको अभिव्यक्तिको भारतले विरोध गरेपछि उनको भ्रमण नहुने अड्कलवाजी गरिएको थियो । तर, अन्तिममा उनि बिहिवार अफगानिस्तान हुंदै भारत पुगेका हुन् ।

वाङ शुक्रबार अपरान्ह् ४ बजे विशेष विमानमार्फत काठमाण्डु आइपुग्ने कार्यक्रम छ । चिनियां विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

उनले भ्रमणको अवसरमा ठुलो सहयोग घोषणा गर्न सक्ने सम्भावना समेत छ । त्यसका साथै दुवै देशबीच विभिन्न सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ । चिनियां विदेशमन्त्रीको भ्रमण तालिकालाई दुवै देशले अत्यन्त गोप्य राखेका छन् । उनकोे भ्रमणलाई लिएर बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा गृहमन्त्री बालकृष्ण खांणले सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएका छन् ।

चिनियां विदेशमन्त्रालय र चिनियां कम्युनिष्ट पार्टी उच्च अधिकारीसहित शुक्रबार नेपाल आउन लागेका वाङको शुक्रबार कुनै औपचारिक कार्यक्रम नभएको स्रोत बताउंछ । उनले शुक्रबार सांझ चिनियां राजदूतसहित दूतवासका उच्च अधिकारीसंग बिफ्रिङ लिने कार्यक्रम रहेको छ ।

शनिबार उनले समकक्षी डा.नारायण खड्कासंग द्धिपक्षीय भेटवार्ता गर्नेछन् । उनलाई खड्काले दिवाभोज दिनुका साथै त्यसै दिन केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उनले शनिवार दिउसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाललाई भेट्नेछन् ।

चिनियां विदेशमन्त्रीले एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भने भेटने कार्यक्रम नभएको स्रोत बताउंछ । वाङले अन्तिममा राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्ने र त्यसै दिन स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement