मौसमः काठमाडौंसहित देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित वर्षा हुने


काठमाडौं – आज देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । दिउँसो काठमाडौंसहित देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी चल्नेसमेत सम्भावना छ ।

त्यस्तै आज राती देशभरि आंशिक देखि सामान्य बदली भई पश्चिमका पहाडी भू–भागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

मंगलबार–

दिउँसोः देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बुधबार–

दिउँसोः देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू(भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement