पानी कम पिउँदा हुने स्वास्थ्य समस्या


एजेन्सी – केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ । तर पानी बिना भने प्राय असम्भव छ ।  शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन । पसिना र पिसाबबाट हाम्रो शरिरको पानी जाने गर्छ । विज्ञहरुका अनुसार शरिरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ ।

शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ । शरिरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ । पानी कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायत हुन्छ । शरिरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ । पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या हुन्छन ।

डिहाइड्रेसनः पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ ।

कब्जियतः शरिरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ । शरिरको तापक्रम बृद्धि गर्छ शरिरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ । शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ ।

पेटको अल्सरः शरिरमा पानीको अभावमा पेटको अल्सर हुन्छ । पेटमा म्युकोसको निर्माण हँदैन । यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ ।

जोर्नी दुख्छः जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ । जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ ।

रक्तचाप घट्छः रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ । तसर्थ शरिरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ ।
मुटुको धड्कन बढ्छः जब शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ ।

पाचन प्रणालीमा समस्याः पानी शरिरको एउटा महत्वपूर्ण पर्दाथ हो जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउछ । पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ कमजोर र धमिलो शरिरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ । यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement