नेपालको सैन्य विकासका लागि चीनले सदैव सहयोग पुर्‍याउनेछः रक्षामन्त्री फेङ्दे


काठमाण्डु – चिनियाँ रक्षामन्त्री वे फेङ्हे एकदिने नेपाल भ्रमण सकेर आइतबार राती नै नेपाल फर्किएका छन् । नेपालमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग शीष्टाचार भेटवार्ता गरे ।

आइतबार हिान करिब १०ः३० बजे काठमाण्डु अवतरण गरेका रक्षामन्त्री फेङ्हेले लामो समय सैनिक मुख्यालयमा विताएका थिए । उनले नेपाली सेनालाई विभिन्न सैन्य सहयोगको घोषणा गरेका छन् ।

रक्षामन्त्रीसँगको भेटमा राष्ट्रपति भण्डारीसँगले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको सरकारले कोरोना भाइरसविरुद्धको लडाईमा सफलता हाँसिल गरेकोमा बधाई दिएकी छन् । उनले नेपालको आर्थिक र सामाजिक विकासमा चिनियाँ सहयोगका लागि धन्यवाद दिएकी थिइन् । उनले नेपाल र चीनबीचको पुरानो सम्बन्ध अझै प्रगा हुने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले चीनले प्रस्ताव गरेको बेल्ट, रोड इनिसिएटिभमा नेपालले क्रियताका साथ भाग लिने र र दुई देशबीच मिल–टु–मिल (सेना टु सेना सम्बन्ध) मित्रता र सहयोग अझ गहिराउन इच्छुक रहेको चिनियाँ रक्षामन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले ६५ वर्ष पहिले स्थापना भएको कूटनीतिक सम्बन्ध दुवै पक्षले बृहत र गहिरो मैत्री सहयोग गरेको बताएका छन् । उनले राष्ट्रपति सी नेतृत्वको सरकारले चीनमा अझै धेरै विकास गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री अ‍ोलीले चिनियाँ रक्षामन्त्रीको भ्रमणले नेपाली सेनालाई अझै सहयोग पुग्ने बताएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटवार्ताका क्रममा चिनियाँ रक्षामन्त्री फेङ्हेले गत वर्ष भएको दुई देशका राष्ट्र प्रमुखको भ्रमणले चीन–नेपाल सम्बन्ध थप गहिरो बनेको र चीनले नेपालको विकासका लागि सँधै सहयोग गर्ने आश्वासन दिएका छन् ।

‘नेपाल ‘एक चीन नीति’ प्रति दृढ रहेकाले चीनले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई जोगाउन दृढतापूर्वक समर्थन गर्दछ’, मन्त्री वीले भने, ‘चिनियाँ पक्षले नेपाली पक्षसँग घनिष्ट सञ्चार सम्बन्ध जारी राख्नेछ र नेपालको सैन्य विकासका लागि सदैव सहयोग पुर्‍याउनेछ । चीनले दुबै देशका जनताको फाइदाका लागि क्षेत्रीय शान्ति र स्थायित्वमा अझ बढी योगदान पुर्‍याउने छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement