कसरी जोगिन सकिन्छ ग्यास्ट्रिकबाट?


काठमाडौं– झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ ।

विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् । खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्पादन आमाशयभित्र हुन्छ । यसले पनि खाना पचाउनलाई नै सहयोग पु¥याउने हो । साथै, हाइड्रोक्लोरिक एसिडले आमाशयभित्रका किटाणुहरूलाई मार्ने काम पनि गर्दछ । आमाशयभित्र ‘हेलिकोब्याक्टर पाइलोरी’ भन्ने एकखाले किटाणु हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन र मात्रामा तालमेल मिल्दैन तब ग्यास्ट्रिक हुने गर्छ ।

ग्याष्टिक बिभिन्न कारणले हुन्छ । खानपान नियमित नहुनु, अत्याधिक चिल्लो, मसलेदार खाना, लामो समयसम्म पेट खाली हुने, पानी कम पिउनाले उत्पन्न हुन्छ । यसको अर्को कारण भनेको धुम्रपान तथा मद्यपान गर्नु हो । बढी मोटो व्यक्तिमा पनि ग्याष्टिक देखिन सक्छ । त्यस्तै मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्टिक बढी मात्रामा देखिन्छ । यी बाहेक कहिले काँही पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरी भएमा पनि ग्यासटाइटिस हुनसक्छ । केहि समुहका औषधिको सेवनले पनि अत्याधिक ग्याष्टिक हुने हुन्छ । ग्याष्टिक सामान्य रुपमा आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुन्छ । यसले मानसिक तनावमा भने अवश्य राख्छ । यदि आमासयमा अल्सर भएर ग्याष्टिक भएको हो भने क्यान्सरको रुप पनि लिन सक्छ । कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ ।

यदि अल्सर नै भैसकेको रहेछ भने ट्रिपल थेरापी गर्नुपर्छ । यदि घाँउ छ भने औषधिको प्रयोग गर्नुपर्छ । कहिलेकाँही पित्त थैलिमा पत्थरी भयो भने पनि ग्याष्टिक जस्तो समस्या देखा पर्नसक्छ । यदि यस्तो अवस्था उत्पन्न भयो भने पित्त थैलि पत्थरीको अप्रेसन नगरी यसको समस्या कम हुदैन । हायटस हर्नियामा आमाशय फर्केर खाने नली माथि सरेर गएको छ भने पनि अप्रेसन नै गर्नु पर्ने हुन्छ । चिकित्सकका अनुसार पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिड (एचसिएल) १ दशमलव ५ हुन्छ । त्यसको उत्पादन बढी भयो भने पेटको माथिल्लो भागमा जलन हुने र मुखमा अमिलो पानी आउने हुन्छ । दिसा नियमितरूपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ । तर, मेडिकल भाषामा ग्याष्टिकलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिस भनेको आमासयभित्र एउटा कडा प्रकारको अम्ल हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement