किन हुन्छ टन्सिल ? निको बनाउन अपनाउनुहोस् यी घरेलु उपाय


काठमाडौं –टन्सिलको समस्या प्राय मानिसहरुमा देखिने गर्छ । गलाको दुवैतर्फ मासुमा गाँठो बनेर गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुने अवस्थालाई हामी टन्सिल भनेर बुझ्ने गरिन्छ । यो समस्याले सताउँदा हामीलाई हाम्रो खानाको स्वाद थाहा हुने गर्देन । यस समयमा हामीलाई खाना खान पनि अप्ठ्यारो हुने गर्छ । संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण टन्सिल हुन्छ अनि कब्जियतले पनि टन्सिल गराउँछ ।

टन्सिलको घरेलु उपायहरु यस्ता छन्
यदी वर्षमा एकपटक टन्सिल हुन्छ भने यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

१) मरिच र तुलसीका पातलाई उमालेर गाढा काढा बनाउनुस् । राति सुत्नुअघि दूधमा यो काढा हालेर पिउनुस् ।

२) मह र दालचिनी एन्टीब्याक्टेरियल गुणले भरपूर दालचिनीको धूलो र मह मिसाएर दिनमा तीनचोटि खानुस् । त्यसो गर्दा गलाको टन्सिल हट्छ ।
३) बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।

४) हर्बल चिया ग्रीन टीमा ल्वाङ, अलैंची र दालचिनी मिसाएर पिउँदा गलामा जमेको ब्याक्टेरिया र कीटाणु बिस्तारै मर्छन् अनि समस्या हट्छ । यसको साटो अदुवा र मह हालेको चिया पिउन पनि सक्नुहुन्छ ।

५) यी चीज बार्नुस् टन्सिलको समस्या हुँदा अमिलो, पीरो र चिसो कुरा खानुहुँदैन । यस्ता कुरा खाँदा समस्या झन् बढ्छ । अनि भोजनमा तेल मसला धेरै नहाल्नुस् ।

त्यस्तै यस्तो अवस्थामा महले पनि फाइदा पूयाउँछ ।
टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आराम मिल्छ । कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ । तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ । यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement