महिला क्रिकेटमा बागमती सेमिफाइनल प्रवेश

महिला क्रिकेटमा बागमती सेमिफाइनल प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – १०औँ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा भएको खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै बागमतीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

यसअघि बागमतीले सुदूरपश्चिम प्रदेशलाई पनि पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो ।  

गण्डकीका लागि ओपनर आयुष्मा चापागाईंले सर्वाधिक २१ रन बनाइन् । चन्द्रमाया बराल र सिर्जना पौडेलले समान १७ रन बनाए ।

त्यस्तै सलिना सेनले ९, सेरिना थापाले ८, कप्तान कुसुम गोदारले ७, सिमाना केसीले ५, रञ्जना साउँदले २ तथा यशोदा भुजेल र रेखा तामाङले समान १ रन बनाए ।

१११ रनको लक्ष्य बागमतीले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । बागमतीको जितमा विपिशा शाहीले अविजित ५० रनको अर्धशतकीय पारी खेलिन् । ४६ बल सामना गरेकी उनले ६ चौका प्रहार गरिन् ।

ओपनर हिलिशा गुरुङले २७ र कञ्चन श्रेष्ठले ९ रन बनाए । दुवै रनआउट भए । लक्ष्मीमाया रुम्बा लामाले अविजित १३ रनको योगदान दिइन् ।