बेहुलीको पोशाकमै परीक्षा हलमा प्रवेश गरेपछि…


एजेन्सी – भारतको गुजरातमा एक महिला परीक्षा हलमा बेहुलीकै पोशाकमा प्रवेश गरेकी छिन् । गुजरातको राजकोटमा ती महिला विवाहकै दिन परीक्षा हलमा बेहुलीकै पोशाकमा प्रवेश गरेकी हुन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाएकी थिइन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थियो, त्यसैले उनी बिहानै बेहुलीको पोशाक लगाएर परीक्षा हलमा आएकी थिइन् ।

शिवांगीले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा हुने भयो । त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement