काठमाण्डु – विभागीय टोली एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । टिम अपराजित रहँदै च्याम्पियन बनेको हो ।
पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फर्म्याटमा खेलाइएको महिला लिगको फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।
लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपीएफलाई पुलिसले पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने एपीएफले ४ गोल गर्यो ।
दोस्रो हाफमा पनि एपीएफले सुरुवात देखि नै पुलिसमाथि दबाब बनाएको थियो ।
६४औं मिनेटमा सविता राना मगरले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । उनले सरु लिम्बुले बायाँ साईडबाट दिएको क्रसमा गोल गरेकी हुन् ।
६९ औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपीएफकोअग्रता दोब्बर पारिन् । सुरुमा सविता राना मगरले हानेको प्रहार पोष्टमा लागेर फर्केपछि रिबाउण्डमा सरुले गोल गरेकी हुन् ।
८३ सविताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको अग्रता ३–० बनाइन् ।
सुपर लिगमा एपीएफले सबै ८ खेल जितेको थियो । शीर्ष स्थानमा रहेको एपीएफले क्वालिफायर वानमा आर्मीलाई हराएर सिधै फाइनलमा प्रवेश गरेको थियो ।
जसमा एपीएफले कूल ४५ गोल गर्दा जम्मा ४ गोल मात्र व्यहोरेको थियो ।
प्रतिक्रिया