विश्वका उत्कृष्ट घुम्न लायक दश सहरमा काठमाडौं पनि


काठमाडौं – विश्वभरमा घुम्नका लागि उत्कृष्ट १० शहरमध्ये काठमाडौं पनि परेको छ ।  सन् २०१९ मा विश्वका घुम्नलायक सहरको सूचीमा काठमाडौं परेको हो। लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाडौंलाई पाँचौं नम्बरमा समेटेको हो।

लोन्लीले निकालेको घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वासिङ्टन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ।  उक्त सूचीअनुसार पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ। दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी र पाँचौमा नेपालको राजधानी काठमाडौं परेको हो।

तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ। हर्न निषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत सहरको परिचय दिइएको छ। ‘काठमाडौं मध्यकालीन संरचना, स्वादिष्ट खाद्य परिकार, रात्रि जीवन र असल आतिथ्यका साथै हिमालय प्रवेशको ढोका पनि हो,’ लोन्ली प्लानेटका सम्पादकीय निर्देशक टम हल भन्छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement