यस्तो छ क्लब विश्वकपको क्वार्टरफाइनल समीकरण

यस्तो छ क्लब विश्वकपको क्वार्टरफाइनल समीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

१३ जुलाईमा न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनलतर्फ अघि बढ्न अब आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जसअनुसार क्वार्टरफाइनलमा फ्लुमिनेसे र अल हिलाल भिड्नेछन् भने पाल्मेइरासविरुद्ध चेल्सी मैदानमा उत्रिनेछ । यस्तै, पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिख भिड्दा रियल म्याड्रिडले बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।

अब यी आठ क्लबबीच ४ जुलाईदेखि ९ जुलाईसम्म क्वार्टरफाइनलका प्रतिस्पर्धा हुनेछन्। विजेताहरू सेमिफाइनल हुँदै १३ जुलाईमा न्यु जर्सीमा हुने महामुकाबलातर्फ अघि बढ्नेछन्।

क्लब फुटबलका विश्वचर्चित स्टार खेलाडीहरूले भरिपूर्ण यी खेलहरूलाई विश्वभरका दर्शकहरूले चासोका साथ हेरिरहेका छन्।