विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख नाघ्यो


काठमाण्डु – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ८० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले आइतबार बिहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ८० लाख ३५ हजार २ सय ९६ जना मानिसमा कोरोना  संक्रमण पुष्टि भएको हो ।

अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । उक्त विश्वविद्यालयले जारी गरेको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २० लाख ७९ हजार २ सय ९६ पुगेको छ । त्यस्तै भारतमा ९० लाख ५० हजार ५ सय ९७, ब्राजिलमा ६० लाख २० हजार १ सय ६४ र रुसमा २० लाख ४७ हजार ५ सय ६३ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १३ लाख ७९ हजार ४ सय ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा २ लाख ५५ हजार ८ सय ४, ब्राजिलमा १ लाख ६८ हजार ९ सय ८९, मेक्सीकोमा एक लाख ८ सय २३, बेलायतमा ५४ हजार ७ सय २१, इटालीमा ४९ हजार २ सय ६१ जनाको मृत्यु भएको छ ।

विश्वभर तीन करोड ७१ लाख ६७ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा दुई लाख १८ हजार ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement