पपुवा न्यूगिनीद्वारा नेपालसामु ११५ रनको चुनौती


काठमाडौँ– विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको चुनौती दिएको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनायो ।

पपुवा न्यूगिनीका लागि चार्लस अमिनीले सर्वा्धिक १९ रन तथा जासोन किलाले १५ रन बनाए । पपुवा न्यूगिनीलाई ११४ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान चार÷चार विकेट लिए भने करण केसी र सोमपाल कामीले एक÷एक विकेट लिए ।

नेपाललाई एकदिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement