विश्वकप छनोटमा पपुवा न्युगिनीसँग भिड्दै नेपाल


काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा आज दिउँसो नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा हुने खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ । विश्वकप छनौटको सम्भावना गुमाइसकेको नेपालले एक दिवसीय मान्यता पाउन आजको खेल जित्नै पर्नेछ । नेपाल समूह बीको चौथो स्थानमा छ भने पपुवा न्युगिनी समूह ए को पुछारमा छ ।

समूह बीको चौथो स्थानमा रहेको नेपालले प्लेअफमा समूह एको अन्तिम टोली पपुवा न्यूगिनीलाई जित्नुपर्नेछ। जुन खेल आज हुँदैछ । समूह ए को चौथो टोली नेदरल्याण्डले समूह बीको पाँचौ टोली हङकङलाई हराउनुपर्नेछ । समूह बीको पाँचौ टोली हङकङले समूह ए को चौथो टोली नेदरल्याण्डलाई हराएमा नेपालले सातौ स्थानका लागि हङकङलाई हराउनुपर्ने हुन्छ ।

नेपालले पिएनजी विरुद्ध नयाँ मैदानमा प्रतिस्पर्धा गर्नेछ । मैदानको पहिलो इनिङको औसत स्कोर ३ सयको हाराहारीमा छ । त्यसैले जितका लागि ३ सय रन कटाउनेगरी खेल्नु जरुरी देखिन्छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावे विरुद्ध २ सय ६४ रन बनाएको थियो त्यसपछिका ३ खेलमा नेपालले २ सय रन कटाउन सकेको छैन । पहिले ब्याटिङ गर्दा नेपालले स्कटल्यान्ड विरुद्ध १ सय ४९ र अफगानिस्तान विरुद्ध १ सय ९४ रन बनाएको थियो ।

टिम नेपाल
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

टिम पपुवा न्युगिनी
असद भाला (कप्तान), चार्ल्स अमिनी, सेसे बाउ, माहुरु दाइ, किप्लिन डोरिगा, जासोन किला, भानी मोइरा, अलेइ नाओ, दामेइन राभु, जोन रिभा, लेगा सिएका, चाड सोपर, टोनी उरा, नोर्मान भनुवा, ज्याक भारे।

प्रतिक्रिया दिनुहोस
Advertisement