विश्वकै प्रदूषित आठौ मुलुकमा नेपाल


एजेन्सी – विश्वकै प्रदूषित मुलुकको सूचीमा नेपाल आठौ प्रदूषित देश भएको छ । सबैभन्दा प्रदूषित मुलुकमा बंगलादेश रहेको छ । दोस्रो र तेस्रोमा पाकिस्तान र मंगोलिया रहेका छन् । चौथो र पाँचौमा अगफागनिस्ताान रहेका छन् ।

नेपालको पीएम ४४.४६ रहेको छ । वल्र्ड एयर क्वालिटी रिपोर्ट–२०१९ को यो आंकडा आइक्यूएआईआरका शोधकर्ताले तयार पारेका हुन् । शीर्ष १० देशमा सबै एसियाकै परेका छन् । अनुसन्धानकर्मीहरुको ग्राउन्ड मनिटरिङ स्टेसनको माध्यममा उपलव्ध पीएम २.५ को आधारमा यो रिपोर्ट तयार पारिएको हो । पीएम २.५ पीएम वायुमा मिसिएको अत्यन्त सानो कण हो ।

यसलाई केबल माइक्रोस्कोपको सहयोगबाट मात्रै देख्न सकिन्छ । सास लिदाको समयमा यो कण सहजै फोक्सोसम्म पुग्छ । जुन अत्यन्त हानिकारक हुन्छ । यसले पछि गएर फोक्सो तथा मुटुसँग सम्बन्धित बिमारीको कारण बन्छ । यदी कुनै सहरहको पीएम २.५(यूजी-एमथ्री) माइनस १२ भन्दा कम भएको अवस्थालाई राम्रो मानिन्छ ।

विश्व स्वास्थ्य संगठनको २०१८ को एक रिपोर्ट अनुसार विश्वभरीमा प्रत्येक वर्ष १५ वर्ष भन्दा कम उमेरका ६ लाख बच्चाको मृत्यू केबल प्रदूषणका कारण हुने बिरामीबाट हुने गरेको छ । विश्व बैंकको २०१६ को एक रिपोर्ट अनुसार वायु प्रदूषणका कारण हुने बच्चाको मृत्यूबाट प्रत्येक वर्ष विश्वभरी ५० खर्ब डलरको नोक्सानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement