विश्वकप छनोट:नेपाल निर्णायक खेलमा हङकङसँग भिड्दै


काठमाडौं– विश्वकप छनोट क्रिकेटमा नेपाल निर्णायक खेलमा सोमबार हङकङसँग भिड्दैछ । लगातार तीन खेलमा पराजित भइसकेको नेपालले एकदिवसीय मान्यता पाउने संभावना कायम राख्न हङकङलाई हराउनै पर्नेछ ।
नेपालको सुपर सिक्स प्रवेशको संभावना गणितीय रुपमा मात्र कायम छ । हङकङलाई विशाल अन्तरले पराजित गरेमा मात्र सुपर सिक्समा प्रवेश गर्नेछ । पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह ’ए’ को नजितामा भर पर्नेछ । समूह ’ए’ नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ । तर यो समीकरण पूरा हुन पनि कठिन छ । किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ ।

सुपर ६ मा पुग्न भने नेपालले हङकङलाई पराजित गरेर मात्र पुग्दैन फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ। त्यसका लागि नेपालले हङकङलाई २ सय १८ रन भन्दा बढी (पहिले ब्याटिङ गरेर ३ सय रन बनाएको अवस्थामा ) पराजित गर्नु पर्छ। यस्तो नजिताले नेपालले रनरेटमा अफगानिस्तान र हङकङलाई पछि पार्नेछ ।

यो पनि एकदिवसीय मान्यता पाउन नेपालले लगातार तीन खेल जित्नु पर्ने समीकरण प्रतियोगितामा अफगानिस्तानलाई पराजित गरेको हङकङ बलियो टिम हो। हङकङले जिम्बावे विरुद्ध पनि राम्रो ब्याटिङ गरेको थियो।
नेपाल र हङकङबीच प्रतियोगिताअघि वार्म अप खेल हुने तय भएपनि वर्षाका कारणले रद्द भएको थियो। खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे बुलवायोमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement