राष्ट्रपति भण्डारी र चिनियां राष्ट्रपति सी चिनफिङबीच किन भयो टेलिफोन वार्ता ?


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियां राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । सोमबार सांझ भएको टेलिफोन कुराकानीमा चिनियां राष्ट्रपति सीले नेपालमा कोरोना संकटको अवस्थाको अध्ययन गरिरहेको र कोभिड–१९ विरुद्ध नेपालको संघर्षलाई दृढताका साथ सहयोग गर्ने बताएको चिनियां समाचार संस्था सिन्हाले जनाएको छ ।

सिन्ह्वाकाअनुसार चिनियां राष्ट्रपति सीले दुवै देशका स्वास्थ्य तथा मेडिकल संस्थाहरुबीच आपसी सञ्चार र सहकार्यलाई थप सशक्त बनाउनेमा जोड दिएका छन् । उनले कोरोना भाइरसको महामारीको चुनौती सामान गर्न अन्तर्रा्ष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्यको खाँचो पहिलेभन्दा अझै बढेको बताएका छन् ।

राष्ट्रपति सीले यो अवस्थामा बहुपक्षीयताको रक्षा र अन्तर्राष्ट्रिय न्याय र नैतिक बलको महत्व हुनेमा फोन वार्ता माजोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement