राष्ट्रपति भण्डारी र चिनियां राष्ट्रपतिबीच टेलिफोन वार्ता:१ मिलियन खोप उपलव्ध गराउने घोषणा


काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियां समकक्षी सी जिनफिङसंग टेलिफोन वार्ता गरेकी छन् । बुधवार भएको ४५ मिनेट लामो टेलिफोन वार्ता कोरोनाभाइरसविरूद्धको खोप ल्याउनेमा केन्द्रित भएको थियो ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले राष्ट्रपति भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुराकानी भएकै भन्दै छलफलमा राष्ट्रपति भण्डारीले नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको धारणा राखेको बताए । उनले खोप ल्याउनका लागी पहल गरिदिन चिनियां समकक्षीसंग आग्रह गरेकी थिईन ।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए । आजको टेलिफोन वार्तापछि चिनियां राष्ट्रपतिले १ मिलियन खोप उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेको चिनियां राजदूतावासद्धारा जारी गरेको विज्ञप्तीमा भनिएको छ । दुवै देशका परराष्ट्रमन्त्रालयले दुवै देशका राष्ट्र प्रमुख वीचको संवादको लागी केही दिन अघि पहल थालेको थियो ।

मंगलबार नै भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई समेत पत्र पठाएकी थिईन । नेपाल सरकारले खोप किन्नका लागि भारतलाई गत मार्चमा रकम तिरिसकेको छ । राष्ट्रपति भण्डारीले नेपालले खोप पठाएकोमा भारतीय समकक्षी कोविन्दलाई धन्यवाद दिंदै थप खोप पठाउन पहल गरिदिन आग्रह गरेकी हुन्।

दुवै देशका राष्ट्रपतिसंग उनले खोपको विषयलाई लिएर पत्र र टेलिफोन वार्ता गरेकी हुन । चीनले नेपाललाई अहिलेसम्म कोरोनाभाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिएको छ भने नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री समेत सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement