यी हुन् चिनकी फष्ट लेडी अर्थात प्रख्यात गायिका ल्यूयान,जो कुनै बेला सी जिनपिङभन्दा चर्चित थिईन्


काठमाडौं – अहिलेको समयमा चीनका सर्वाधिक लोकप्रिय नेता हुन राष्ट्रपति सी जिनपिङ । शनिवार नेपाल भ्रमणमा आउन लागेका सीको स्वागतका लागि नेपालमा अहिले भव्य तयारी भइरहेको छ ।

सीको सफलताका पछाडि उनको अनुशासन र पार्टीप्रतिको प्रतिबद्धतालाई मुख्यरुपमा लिइन्छ । तर उनलाई हरेक साथ दिने र लोकप्रियताको चुचुरोमा पुर्याउन उनको श्रीमतीको समेत ठूलो हात रहेको छ ।

उनकी श्रीमती अर्थात् प्रख्यात जनगाकिा पेङ लियुआनसँग पहिलोपटक परिचय हुँदा ३२ वर्षीय सीले इन्जिनियरको पढाई गरिरहेका थिए । पेङ भने त्यतिखेर २४ वर्षकी थिइन । त्यो बेला सीभन्दा पेङको लोकप्रियता धेरै थियो ।

सन् १९६२ को नोभेम्बर २० का दिन युङचेङ काउन्टीमा जन्मेकी थिइन । उनले सन् १९८० मा चिनियाँ जनमुक्ति सेना प्रवेश गरिन । त्यतिबेला सी भने युवा लिगमा आबद्ध भइसकेका थिए । १८ वर्षको उमेरमा सामान्य सिपाहीको रुपमा भर्ना भएकी पेङको गायन कला भने बेजोड थियो । त्यही भएर सिनो–भियतनाम सीमा विवादको बेला उनलाई गीतबाट सेनाको छवी  उच्च राख्न सांगितक प्रस्तुती दिने मौका मिल्यो । त्योसँगै उनी लोकप्रिय हुँदै गइन । सन् १९८२ मा सिसिटीभिले आयोजना गरेको न्यू इयर गालामा उनले अन द प्लेन्स अफ होप गीत गाएर चीनभरी प्रख्याती पाइन ।

सन् १९८४ मा एकजना साथीको घरमा पेङ र सीको भेट भएको थियो । त्यो बेला संगीत प्रविधिका बारेमा अध्ययन गर्दै थिए । यही क्रममा साथीले उनलाई पेङसँग भेट गराए । पेङले भनेकी छिन्, “ पहिलो पटक भेट्दा उनले सामान्य सादा किसिमका लुगा लगाएका थिए । अनि अनुहार हेर्दा भने उमेर भन्दा केही पाको लागे । तर मलाई उनको कुराकानी र प्रस्तुती सारै मन पर्यो । त्यतिबेला अरुले तिमी गाएर कति पैसा कमाउँछौं भन्ने प्रश्न शीले सोधेनन । बरु उनले गीत गाउँदा के कस्ता तरिका र प्रविधि प्रयोग गरिन्छ भन्ने कुरा सोधे । “

यो भेट नै उनीहरुबीच मायाको पहिलो शुरुआत बन्यो । पछि दुबैले परिवारको अनुमति लिएर सन् १९८७ मा बिहे गरे ।

सन् १९९२ मा उनीहरुको एकजना छोरी जन्मिई । छोरीको नाम शी मिङ्जे हो ।

सीले त्यसअघि पनि बिहे नगरेका होइनन् । तर उनको पहिलो श्रीमतीले उनलाई छोडेर बेलायत गएकी थिइन । पाँच वर्षसम्म पनि टिकेको थिएन उनिहरुको सम्बन्ध । सी त्यतिखेर संघर्षपूर्ण जीवन व्यतित गरिरहेका थिए । तर, पनि पार्टी र क्यारिअरलाई उनले महत्वका साथ अघि बढाएका थिए ।

तर बिहे गरेको चार दिनपछि नै राष्ट्रिय कला महोत्सवमा भाग लिन पेङ बेइजिङ आउनुपर्यो । त्यसलगत्तै उनी कार्यक्रम प्रस्तुतीकै सिलसिलामा अमेरिका र क्यानाडा गइन । पछि उनीहरु सँगै बस्न पाएनन । पेङको अधिकांश समय बेइजिङमा नै बित्यो भने सी चाहिँ फुजियान र झेजियाङमा पार्टीको काममा लामो समय बस्नु परेको थियो ।

शुरुमा सीलाई कमैले चिन्थे । तर त्यहीबेलादेखि पेङ भने चर्चित गायिका बनिसकेकी थिइन । पछि गएर पनि सीको राजनीतिक लोकप्रियतासँगै पेङको लोकप्रियतामा पनि कुनै कमी भएन । त्यही भएर सन् २०१३ को मार्चमा सी चीनको राष्ट्रपति भएपछि अमेरिकी मिडियाले उनलाई फस्ट लेडी अफ चाइनको उपमा समेत दिए ।

पेङले चीनका कैयन सांगितिक प्रतियोगतामा धेरै सम्मान बटुलेकी छिन् । उनको आफ्नै एकल गीतहरु पनि निकै चर्चित छ । यिनमा पिपल फ्रम आवर भिलेज, झुमुलाङ्ग्मा, आई एम द फिल्ड अफ होप जस्ता चर्चित गीत पनि समावेश छन । उनले यी गीत कतिपय लोकप्रिय टेलिभिजन कार्यक्रममा पनि गाएकी छिन् ।

सन् २०१२ देखि २०१७ सम्म उनी पिपुल्स लिबरेसन आर्मी एकेडमी अफ आर्टको सभापति थिइन । त्यसअघि सेनामा भने उनलाई मेजर जनरलको पद रहेको थियो । सन् १४ मा फोब्र्स पत्रिकाले उनलाई विश्वका ५७ शक्तिशाली महिलाको सूचिमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement