सभामुखमा न्यौपानेको पक्षमा मतदान गर्न एकीकृत समाजवादीको आग्रह

सभामुखमा न्यौपानेको पक्षमा मतदान गर्न एकीकृत समाजवादीको आग्रह


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एसका नेता राजेन्द्र पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

सरकारले सहमति गर्न नचाहेकाले आफुहरुले न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा आएको उनको भनाइ छ । ‘म आज यो आधा आकाशको प्रतिनिधित्व गर्ने ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् र सबै माननीय सदस्यको पनि मत रहोस भन्न चाहान्छु’, पाण्डेले भने ।