सवारीचालक अनुमतिपत्र सेवा बन्द

सवारीचालक अनुमतिपत्र सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएकाले सबै सेवाहरू बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले समस्या समाधानको कार्य भइरहेको भन्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली बन्द गरिएको हो।

शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको विभागले जारी गरेको सूचनामा भनिएको छ ।