वाईसीएलको ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा, अध्यक्षमा शेर्पाली चयन


काठमाण्डु – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । राजधानीमा आइतबार सम्पन्न राष्ट्रिय भेलाले सुवोध शेर्पालीको नेतृत्वमा ३५१ सदस्यीय समिति घोषणा गरेको हो ।

यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद पथेर पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए ।

त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा शेर्पाली अध्यक्ष चयन भएका हुन् । यसअघि शेर्पाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि शेर्पालीको थाप्लोमा नेतृत्व आएको हो ।

यसअघिको सम्मेलनमा सुमन देवकोटा र शेर्पालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र शेर्पालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि शेर्पालीलाई नै अध्यक्ष बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement