वाइसिएलले सुरु गर्यो जाडो पीडितलाई सहयोग गर्ने अभियान


काठमाडौं – तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले राहत वितरण गर्ने भएको छ ।

 

 

वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ । ‘तपाई कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जांदैछौ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’

 

 

राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ ।

 

यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement