ओलीसँग चित्त दुखाएका प्रदीप ज्ञवालीले खुला केन्द्रीय सदस्यमा पाए सर्वाधिक मत

ओलीसँग चित्त दुखाएका प्रदीप ज्ञवालीले खुला केन्द्रीय सदस्यमा पाए सर्वाधिक मत


काठमाण्डु– नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ ।

बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत १७३७ ल्याएका छन् ।

त्यस्तै, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए । गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।

यस्तै खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार अपराह्न जारी गरेको मत परिणामअनुसार, ज्ञवालीले १ हजार ९४२ पाएका छन्। यो खुल्लातर्फ सबैभन्दा बढी मत हो।

Skip This