अष्ट्रेलियामा पर्यटनमन्त्रीले अनुमति नलिई जुलुस निकाले, प्रहरीले लगायो प्रतिबन्ध


अष्ट्रेलिया – नेपालको वर्षौंदेखिको पर्यटन प्रवद्र्धन प्रयास मानिएको ‘भिजिट नेपाल २०२०’ का लागि आयोजना गरिएको र्‍यालीलाई सिड्नी सहरका सुरक्षा अधिकारीले रोकेका छन् ।

आयोजकहरुलाई सम्बन्धित निकायबाट र्‍याली निकाल्नका लागि अनुमती नभएको साउथ एसिया डट कम एयूले जनाएको छ ।

उक्त र्‍याली नेपालका पर्यटन मन्त्री योगेश भट्टराइले नेतृत्व गरिरहेका थिए ।

न्यू साउथ वेल्स प्रहरीको इभेन्ट्स प्लानिङ युनिटले आयोजकलाई स्पष्ट रुपमा विभिन्न कारणले गर्दा जुलुस ननिकाल्नका लागि आग्रह गरेको थियो ।

आजको र्यालीमा सहभागीको आकार पनि उपयुक्त नभएको प्रहरीले जनाएको छ । जुलुसमा सहभागी हुनेले र्‍याली निकाल्दा फूटपाथ पुरै भरिने डर अधिकारीहरुको भएको बताइएको छ । उनीहरुको यो र्‍यालीले पदयात्रीहरुको बाटो रोक्ने पनि प्रहरी अधिकारीले बताएका छन् ।

गैरआवासीय नोपाली संघ अस्ट्रेलियाका लेखापाल र पूर्व कोषाध्यक्ष डिला खरेललाई प्रहरी र अन्य सम्बन्धित निकायबाट अनुमती सुनिश्चित गर्नका लागि भनिएको थियो ।

उनले आयोजकलाई अस्वीकृत भएको सूचित गरिएको र यस किसिमको र्याली आयोजनना गर्ने कुनै योजना नभएको दावी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement