अष्ट्रेलिया प्रहरीले हामीलाई रोकेको छैन्, नियत गम्भीर छ : पर्यटनमन्त्री भट्टराई


अष्ट्रेलिया – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टरार्यले अष्ट्रेलियामा ‘भिजिट नेपाल २०२०’ का लागि आयोजना गरिएको र्‍यालीलाई प्रहरीले हस्तक्षेप नगरेको प्रष्ट पारेका छन् । सिड्नी सहरका सुरक्षा अधिकारीले र्याली रोको समाचार आएपछि मन्त्री भट्टराईले त्यसको खण्डन गरेका हुन् ।

आयोजकहरुलाई सम्बन्धित निकायबाट र्‍याली निकाल्नका लागि अनुमती नभएको भन्दै साउथ एसिया डट कम एयूले समाचार प्रकाशित गरेको थियो ।

उक्त र्‍याली नेपालका पर्यटन मन्त्री योगेश भट्टराइले नेतृत्व गरिरहेका छन् ।

न्यू साउथ वेल्स प्रहरीको इभेन्ट्स प्लानिङ युनिटले आयोजकलाई स्पष्ट रुपमा विभिन्न कारणले गर्दा जुलुस ननिकाल्नका लागि आग्रह गरेको थियो ।

मन्त्री भट्टराईले एनएसडब्लु स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थिति रहेको बताए ।

उनले काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

‘अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा ल्च्ल्ब् लगायतका संघ/संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ’, उनले भनेका छन्, ‘एनएसडब्लु स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । भएको यही हो . काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’

प्रतिक्रिया दिनुहोस
Advertisement