बालेनप्रति योगेशको कटाक्ष– १८२ सांसद, मन्त्री, सुरक्षाकर्मीको घेरामा रहेकाे ‘एक्लो’ सरकार !

बालेनप्रति योगेशको कटाक्ष– १८२ सांसद, मन्त्री, सुरक्षाकर्मीको घेरामा रहेकाे ‘एक्लो’ सरकार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले झन्डै दुईतिहाइ बहुमत पाएको वर्तमान सरकार पनि एक्लै भएको भन्दै कटाक्ष गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई व्यंग्य गर्दै उनले १८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, ठूलो संख्यामा सेना, प्रहरी तथा कर्मचारीसँगै थुप्रै सल्लाहकार र निजी सचिव ९पीए० वरिपरि हुँदासमेत नेतृत्व ‘एक्लो’ रहेको बताएका हुन्।

उनले विगतका राजनीतिक नेताहरूको उदाहरण दिँदै बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र गणेशमान सिंह आफूहरू एक्लैजस्तो देखिए पनि आम जनता उनीहरूको पक्षमा रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन् :-
१८२ जना प्रतिनिधिसभा सदस्य
एक दर्जनभन्दा बढ़ी मन्त्री
लाखौ लाख सेना, प्रहरी र कर्मचारी
सल्लाहकार र पिए त कती हो कती
तर पनि एक्लै?
वीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए
तर जगत उनीहरूको पक्षमा थियो
हिजोका अरू र आजकाहरूका वरिपरी सब छ
तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन
किन होला?
बुझिन मैले, बुझाईदेउ कसैले!