मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण पुष्टि


एजेन्सी – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मुख्यमन्त्री योगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मुख्यमन्त्री योगीले आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

उनले प्रदेश सरकारका सबै गतिविधिहरु सामान्य रुपमा सञ्चालन भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement