सगरमाथा आरोहण तयारीमा महिला पत्रकारहरू, आवश्यक सहयोगको पहल गरिदिन प्रचण्डलार्इ अाग्रह


काठमाडौं – नेपाली मिडियामा कार्यरत पाँच जना महिला पत्रकारहरूले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोगको पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष अनुरोध गरेका छन् ।

प्रचण्ड निवास खुमलटार पुगेर महिला पत्रकारहरूले सगरमाथा आरोहणको इतिहासमा नै नयाँ कीर्तिमान राख्ने किसिमले आरोहण गर्न गइरहेको जनाउँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि अध्यक्ष समक्ष अनुरोध गरेका थिए ।

“फस्र्ट वमेन जनालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८” अभियान अन्तर्गत आउँदो अप्रिलमा सगरमाथा आरोहणको तयारीमा रहेका महिला पत्रकारहरूको समुहले सरकारबाट रोयल्टी छुटदेखि अन्य सहयोगका लागि अनुरोध गरे ।  नेपाल टेलिभिजनमा कार्यरत रोजिता बुद्वाचार्यको नेतृत्वमा गएको टोलीले प्रचण्डसमक्ष यो आरोहणका समुहगत रूपमा महिला पत्रकारहरूले आरोहण गर्न लागेको पहिलो घटना हुने र दीगो विकासको झण्डा सगरमाथामा फहर्याउने समेत बताएका थिए ।

प्रचण्डले युवा पत्रकारिता पेशामा संलग्न युवा महिला पत्रकारहरूको सगरमाथा आरोहणबाट महिलाहरूको सशक्तिकरण देखि अन्य क्षेत्रमा समेत उर्जा प्रवाह गर्ने बताए । युवा उमेरमा सगरमाथाको आरोहण जस्तो चुनौतीपुर्ण काम गर्न खोजेकोमा अग्रीम बधाई दिदै प्रचण्डले सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement