युवा स्वरोजगारको ६७ करोड ऋण भाखा नाघ्यो

युवा स्वरोजगारको ६७ करोड ऋण भाखा नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋण बापतको  ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबिच ऋण सम्झौताको शर्तअनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत समेत असुल गर्नुपर्ने देखाएको हो ।

कोष र ऋणीबिच ५ वर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप २ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ । तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज ८ करोड ४६ लाख ९८ हजार र हर्जाना २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।