नेपालका लागी पूर्व चिनियां राजदूत यु होङ व्रुनाईको राजदूतमा नियुक्त


काठमाडौं – नेपालका लागी पूर्व चिनियां राजदूत यु होङलाई चीनले व्रुनाईको राजदूत बनाएको छ । चिनियां राष्ट्रपति सि जिनपिङले होङलाई व्रुनाईको राजदूतको जिम्मेवारी दिएका हुन् । उनि यसअघि नेपालको राजदूतको रुपमा कार्यरत थिईन् ।

नेपालको राजदूतको रुपमा आउनुअघि उनि चिनको विदेशमन्त्रालयमा कार्यरत थिईन् । होङको कार्यकालमा नेपाल र चीनबीचको मैत्रिपूर्ण सम्बन्ध सुमधुर बनेको थियो ।

उनी नेपालमा रहकै बेला नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएको थियो । होङलाई भारतको राजदूतको जिम्मेवारीमा पठाउने चर्चा चलिरहदा उनलाई व्रुनाईमा जिम्मेवारी दिएको हो ।

होङ व्रुनाईका लागी ११ औ चिनियां राजदूत हुन् । उनले क्षेत्रीय शान्ती र विकासको निम्ती चीन ब्रुनाई सम्बन्ध अझै मजबूत बनाउनुपर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement