चुनावअघि अमेरिकाबाट १० वर्ष यताकै उच्चस्तरिय भ्रमण हुंदै


काठमाण्डु-  स्थानीय तहको निर्वाचनअघि अमेरिकाबाट फेरी उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ । अमेरिकी सांसदहरुको नेपाल भ्रमण सकिएको केही दिनमै वासिङटनबाट जो बाइडेन प्रशासनले नागरिक,सुरक्षा,प्रजातन्त्र र मानव अधिकारका लागि अमेरिकी उप विदेशमन्त्री उज्रा जेयालाई काठमाण्डौं पठाउन लागेको हो । उनि मे १३ मा काठमाण्डु पुग्ने कार्यक्रम रहेको स्रोत बताउंछ ।

जेयाको भ्रमण करिव एक दशक यताकै उच्चस्तरिय भ्रमण हो । यसअघि २०१२ मा अमेरिकाबाट उप विदेशमन्त्री वेन्डी शर्मन र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए ।

नेपाल अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगांठसंगै अमेरिकाबाट उच्चस्तरिय भ्रमणहरु भइरहेका छन् । मिलेनियम च्यालेन्स कर्पोरेसन कम्याक्ट(एमसीसी) संसदबाट पारित भएसंगै भ्रमणहरु झनै बाक्लिएका छन् ।

जेयाले अमेरिकाको तिब्बती मुद्दाका लागि २०१९ देखी २०२१ सम्म विशेष संयोजकको रुपमा समेत काम गरेकी थिईन । नेपालमा रहेका १० हजारभन्दा बढी तिब्बती शरणार्थीहरुलाई परिचयपत्र उपलब्ध गराउन अमेरिकाले दबाव दिंदै आएको छ । तर, नेपालले भने शरणाथीहरुको परिचयपत्र नविकरण गरेपनि नयां दिन भने सन् १९९५ देखी बन्द गरेको छ ।

स्थानीय तहको निर्वाचनलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने र वासिङटनबाट समेत उपराष्ट्रपति कमला ह्यारिस वा विदेशमन्त्री एण्टोनी ब्लिन्केनको नेपाल भ्रमण हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement