जेलहरु साघुँरा भएपनि रवि जीलाई अलगै कोठामा राखिएको छ, सुविधाबाट वञ्चित गरिएको छैन : गृहमन्त्री

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरण सम्बन्धी प्रक्रिया अघि बढेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कारागार स्थानान्तरणको निर्णय सरकारले गर्ने स्पष्ट पारे । “अड्डासारका लागि अदालतबाट आदेश होइन, अनुमति चाहिन्छ। मुद्दा चलिरहेको अदालतले अनुमति दिएको छ, र उहाँको निवेदन पनि आएको छ।…