काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रान्तिको नाममा हिंसा फैलाएर हिँडेका माओवादीहरू परिवारवादमा लागेको बताएका छन् । बिहीवार पर्वतको कुश्मामा आयोजित जनसभाबाट प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै अध्यक्ष ओलीले घाइते र लडाकुको बेहाल भए पनि नेताका छोरी–ज्वाइँ र नातिनातिनाको फलिफाप भएको आरोप लगाए । उनले भने, ‘क्रान्तिको…