सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

काठमाण्डु – नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागिता एवं रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा बिहीबारदेखि २ दिने पृतनापति समन्वयात्मक बैठक २०८१ सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट नेपाली सेना, नेपाली जनताको आस्था र भरोसाको धरोहरको रूपमा स्थापित भएको बताए ।…