काठमाण्डु – नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १२ गते बसेको बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हेरफेरको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । बैठकले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११…